जोडिनुहोस
  • होमपेज
  • ७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित

७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित

काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हप्तामा विभिन्न मुद्दाका ७२ जना फरार प्रतिवादी पक्राउ गर्न सफल प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरलाई सम्मान गरेको छ।

बिहीबार एक कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले इन्स्पेक्टर कुँवरलाई खादा ओढाई प्रशंसापत्र प्रदान गरे।

यही २०८१ असोज ६ गते देखि १३ गतेसम्म ७ दिने फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउको निमित्त विशेष अभियान सञ्चालन गरिएकोमा प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले ७२ जना फरार प्रतिवादी पक्राउ गरि अदालत समक्ष पेस गर्न सफल भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका