जोडिनुहोस
  • होमपेज
  • मिथिलाञ्चलमा छठको विधि सुरु, आज ‘नहाय खाय’

मिथिलाञ्चलमा छठको विधि सुरु, आज ‘नहाय खाय’

काठमाडौं। मिथिलाञ्चलसहित मधेशमा छठ उत्सव सुरु भएको छ। व्रत अन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्। दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास नीराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ।

षष्‍ठीको दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी यसबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँजो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्छन्।

षष्‍ठीको दिन व्रतीहरुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। त्यसको भोलिपल्ट अर्थात् सम्माप्तीको एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रभातकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन्।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा जम्मा भई अर्घ्य दिने परम्परा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका