जोडिनुहोस
  • होमपेज
  • सादा पोसाकका प्रहरीमाथि रास्वपाका कार्यकर्ताको हातपात

सादा पोसाकका प्रहरीमाथि रास्वपाका कार्यकर्ताको हातपात

कास्की। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा एक जना प्रहरीमाथि हातपात भएको छ।

मंगलबार दिउँसो पोखरास्थित वाई चोकमा सादा पोसाकमा खटिएका प्रहरीमाथि रास्वपाका कार्यकर्ताहरूले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

निषेधित क्षेत्र नजिक भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले उनीमाथि कुटपिट भएसँगै त्यहीँ खटिएका सहकर्मी प्रहरीले उद्धार गरेका थिए। उनीमाथि मुक्का प्रहार हुन थालेपछि प्रहरीले उद्धार गरेको जनाइएको छ। प्रहरीले कुटपिट भएका आफ्नो कर्मचारीको परिचय खुलाएको छैन।

रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन्। लामिछाने कात्तिक २ मा सहकारी ठगीबारेको अनुसन्धानका लागि काठमाडौंबाट पक्राउ परेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका