जोडिनुहोस
  • होमपेज
  • काभ्रेमा आमाको हत्या गरी भागेका छोरा पक्राउ

काभ्रेमा आमाको हत्या गरी भागेका छोरा पक्राउ

काभ्रे। काभ्रेको रोशी गाउँपालिका –३ भञ्ज्याङ डाँडामा गत असोज १६ गते लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी गरेर भागेका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामा रहेका छन् ।

रोशी गाउँपालिका –३ भञ्ज्याङ गाउँ बस्ने पल्छङ लामाकी श्रीमती बर्ष ६९ की माइली लामालाई छोरा फुर्साङले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो । फुर्साङलाई घटनाको दुई दिनपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आफ्नै आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोरोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

काभ्रे प्रहरीका अनुसार फुर्साङलाई काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका