जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढेको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौँडीबाट सडक निर्माण शुरू भएको हो ।

नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड ४४ लाख ४९ हजार रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको छ ।

पहिलो चरणमा वडा नम्बर १२ को कालागौँडीदेखि वडा नम्बर ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका