जोडिनुहोस
  • होमपेज
  • अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै साढे २७ लाख रुपैयाँ ठगी

अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै साढे २७ लाख रुपैयाँ ठगी

काठमाडौं। अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेका छन् । उनले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटब उपलब्ध गराइदिने भन्दै ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजारु रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पौडेललाई काठमाडौंको ठमेल नर्सिङ चोकबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका