जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रङ्गपुर टाडी घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय सुदीपचन्द्र बख्रेल र रङ्गपुर टाडी नै घर भई ललितपुरको सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् । बख्रेल र खनालले बेरोजगार वायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया लैजाने भन्दै १२ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौको नक्सालबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका