जोडिनुहोस
  • होमपेज
  • रविलाई आज रूपन्देही लगिँदै, रास्वपाले प्रदर्शन गर्ने

रविलाई आज रूपन्देही लगिँदै, रास्वपाले प्रदर्शन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मङ्गलबार बयानका लागि रूपन्देही लगिँदै छ। रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको बताए।

पाठकले भने, ‘सभापतिलाई आज ल्याउने तयारी गरेको सुनेको छु । ल्याउने÷नल्याउने जे गरेपनि हामी आज विरोध गर्ने तयारीमा छौँ।’

लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार मङ्गलबार बिहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा लगिँदै छ। आज नै बयान सकेर फर्काउने तयारी प्रशासनको छ। लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई बिहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रूपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका