जोडिनुहोस
  • होमपेज
  • मर्दी हिमाल आरोहणका क्रममा बेपत्ता भएका पथप्रदर्शकको शव फेला

मर्दी हिमाल आरोहणका क्रममा बेपत्ता भएका पथप्रदर्शकको शव फेला

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक लालबहादुर तामाङको शव भेटिएको छ ।

मर्दी आरोहणका लागि काठमाण्डौको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । यही क्रममा नुवाकोटका ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको पाँच हजार तीन सय मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फर्किएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका