जोडिनुहोस
  • होमपेज
  • उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ

उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सरकारको निर्णय पालनासम्बन्धी प्राधिकरणको कानूनी कर्तव्य भएको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको निर्देशन पालना गर्न बाध्यात्मक अवस्था सिर्जना भएको बताए। उनले सरकारको निर्णयको पालना गर्दै विद्युत लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने प्रक्रिया अघि बढाउने बताए।

सरकारले १५ दिन भित्र बक्यौता उठाउने निर्णय गरेको छ, र प्राधिकरण उक्त अवधिमा बक्यौता उठाउने तयारीमा रहेको उनले जानकारी दिए। यदि १५ दिनमा बक्यौता नतिरेमा कानूनी प्रक्रिया अघि बढाउने पनि उनले उल्लेख गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका