जोडिनुहोस
  • होमपेज
  • नागढुंगा–सिस्नेखोला सडक बिहीबारबाट आंशिक रुपमा बन्द हुने

नागढुंगा–सिस्नेखोला सडक बिहीबारबाट आंशिक रुपमा बन्द हुने

काठमाडौं। नागढुंगादेखि सिस्नेखोला सडकखण्ड बिहीबारबाट मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ।

धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडक खण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले बुधबार प्रकाशन गरेको सूचनामा उल्लेख छ।

सुरुङ अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाका सूचना अधिकारी एवं उपआयोना निर्देशक सन्जय पन्थीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका