जोडिनुहोस
  • होमपेज
  • सीमा विवादका कारण बाग्लुङको ढोरपाटनमा बसपार्क निर्माण अवरुद्ध

सीमा विवादका कारण बाग्लुङको ढोरपाटनमा बसपार्क निर्माण अवरुद्ध

बाग्लुङ। बाग्लुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसपार्कको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ शहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

२०७५ सालमा ६ रोपनी जग्गा खरिद गरेर निर्माण शुरू भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ शहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए ।

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उनले बताए । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो ।

अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा दुई करोड २६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका