जोडिनुहोस
  • होमपेज
  • पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली, अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो

पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली, अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पूर्वसभामुख दमनदाथ ढुंगानालाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्री ओलीले दिवंगत पूर्वसभामुख ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका हुन् ।

ढुंगानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थीव शरीरलाई सानो गौचरणमा राखिएको थियो । ढुंगानालाई सानोगौचरण पुगेर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अपर्णको क्रम सकिएपछि दिवंगत ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुतपि आर्यघाट लगिएको छ । उनलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका