जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिरा बिक्री वितरण र सेवन रोक्न आयोगको आग्रह

उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिरा बिक्री वितरण र सेवन रोक्न आयोगको आग्रह

मंसिर ५ गतेदेखि मंसिर १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको हो।

‘मिति २०८१।०८।०५ देखि मिति २०८१।०८।१६ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउने,’ निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन सुरक्षाबारे सोमबार गृह मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।

साथै उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानीय तहमा उपनिर्वाचनको दिन मंसिर १६ गते सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताहरूको सहज आवागमनको लागि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका