जोडिनुहोस

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई आज पक्राउ गरेको हो। नक्कली डकुमेन्टको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सामाजिक सन्जालमार्फत् भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रसाईंले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको कागजात सार्वजनिक गरेका थिए। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका