जोडिनुहोस
  • होमपेज
  • विदेश पठाउने बहानामा ५ युवतीलाई बेचविखन गर्न लागेको आरोपमा युवक पक्राउ

विदेश पठाउने बहानामा ५ युवतीलाई बेचविखन गर्न लागेको आरोपमा युवक पक्राउ

काठमाडौं। विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा एक युवक पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङ छन्।

थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो। उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्‍याएर बेच्न लागेको पाइएको चितवनका एसपी गौतम मिश्रले बताए। उनका अनुसार नारायणगढबाट भारत लैजान सुनौली जाने बस चढाउन लागेका बेला थिङ पक्राउ परेका हुन्।

युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउन भारत पठाएको र उत्तैबाट विदेश जाने भन्दै युवतीहरुलाई भारत लैजान लागेको आरोप छ।

पक्राउ परेका युवतीहरुलाई सेफ हाउसमा राखिएको एसपी मिश्रले बताए। थिङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका