जोडिनुहोस
  • होमपेज
  • एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाइने

एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाइने

काठमाडौं। मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने भएका छन् ।

कोशीका निवर्तमान कानुन मन्त्री समेत रहेका मन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय भएसँगै उनले उन्मुक्ति पाउने भएका हुन् ।

सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्व मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

एमाले प्रदेश सांसद अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप लागेको थियो ।

तत्कालीन मन्त्री अधिकारीसँग जापान गएका ३ जनाले आफूहरूले १० लाखदेखि १४ लाखसम्म पैसा तिरेर गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका