जोडिनुहोस
  • होमपेज
  • एमालेलाई जग्गादान विवाद: पाँचौँ पटकको पेशीमा पनि सर्वोच्चले हेर्न भ्याएन

एमालेलाई जग्गादान विवाद: पाँचौँ पटकको पेशीमा पनि सर्वोच्चले हेर्न भ्याएन

काठमाडौं। प्रमुख सत्तारूढ नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादको मुद्दा आइतबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो । यससँगै एमालेविरुद्धको यो मुदा पाँचौँ पटक स्थगित भएको छ।

भाटभटेनीका मालिक मीनबहादुरले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।

यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुदै आएको थियो । योसहित स्थगित भएको पाँचौ पटक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका