जोडिनुहोस
  • होमपेज
  • रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी

रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी

काठमाडौं। रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका निर्वाचन आयोगले जनाएको छ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे।

साथै नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र]का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरे।

साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका