जोडिनुहोस
  • होमपेज
  • बयानको लागि रवि लामिछानेलाई चितवन लगियो

बयानको लागि रवि लामिछानेलाई चितवन लगियो

काठमाडौं। सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ। उनलाई बुद्ध एअरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई सिधै चितवन लगिएको हो। लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो।

साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो। उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका