जोडिनुहोस
  • होमपेज
  • चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने

चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने

काठमाडौं। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ।

आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने छ। जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो। लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो।

चितवन पु¥याइएलगत्तै बयानका निम्ति लामिछानेको जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको थियो। चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि लामिछानेलाई त्यहाँ लगिएको हो।

उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच गोर्खा मिडिया नेटवर्कमा लगिएको प्रहरीले जनाएको छ। हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका