जोडिनुहोस
  • होमपेज
  • आगामी आइतबार र सोमबार वर्षाको सम्भावना, वर्षापछि जाडो पनि बढ्ने

आगामी आइतबार र सोमबार वर्षाको सम्भावना, वर्षापछि जाडो पनि बढ्ने

काठमाडौं। यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ।

यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ।

पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ। काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ।

त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलले पश्चिमी वायुको असरले आइतबार र सोमबार वर्षाको सम्भावना रहेको बताए। तीनवटै मोडेलले वर्षा हुने देखाएको उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ। तराई मधेसका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ। विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका