जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई उच्च रक्तचाप

रवि लामिछानेलाई उच्च रक्तचाप

पोखरा। सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उक्त रक्तचाप देखिएको छ। उनलाई बुधबार पर्साबाट काठमाडौं हुँदै पोखरा विमानस्थलमा ल्याइएको थियो।

पोखरा ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए। फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूले बताएका छन्। तर, लामिछाने भने हिरासतमा नै फर्किएका छन्।

लामिछानेमाथि आइतबार थपिएको म्याद बुधबार सकिएको छ। बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लगिनेछ। रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ।

काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’हरूको नेतृत्वमा प्रदर्शन भएको हो प्रदर्शनपछिको सभामा उनीहरूले रविलाई निःशर्त रिहा गर्नुपर्ने माग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका