जोडिनुहोस
  • होमपेज
  • पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउँछ : राष्ट्रपति

पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउँछ : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

धान्यपूर्णिमा, योमरी पुन्हि र उधौली पर्वको अवसरमा शुभकामना दिँदै उनले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

‘यो पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेतत गर्छ’, उनको सन्देशमा भनिएको छ, ‘यो पर्वमा नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गरिन्छ।’

राष्ट्रपति पौडेलले यस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको तर्क गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका