जोडिनुहोस
  • होमपेज
  • भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छः प्रधानमन्त्री

भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने दाबी गरेका छन् । मङ्गलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘देशको अवस्था सच्याउनु छ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनु छ । सुशासन दिनु छ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’

उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । ‘हामी जनताका सेवक हौँ, हामीभित्र घमण्ड पलाउन हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका