जोडिनुहोस
  • होमपेज
  • नेपाल–भारत आर्थिक सम्मेलन नयाँ दिल्लीमा शुरू

नेपाल–भारत आर्थिक सम्मेलन नयाँ दिल्लीमा शुरू

नयाँ दिल्ली (भारत)। परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् ।

काठमाण्डौ विश्वविद्यालय र भारतको ’इग्रो फाउन्डेशन’ को आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरू भएको ‘भारत–नेपाल आर्थिक सम्मेलन’ मा परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरेका हुन्।

मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गरे । उनले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको विद्युत् व्यापार सम्झौताले आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले भर्खरै भारतको प्रसारण लाइनमार्फत बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न सक्षम भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका