जोडिनुहोस
  • होमपेज
  • सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास छिचोलिए

सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास छिचोलिए

काठमाडौं। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीन वटै बाइपास छिचोलिएका छन् । यसअघि गएको भदौ २६ गते बाइपास सुरुङ तीनको, असोजको ४ गते बाइपास सुरुङ एकको र अस्ति सुरुङ दुईको बाइपास छिचोलिएको आयोजनाले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङमार्ग बनिरहरेको छ । सुरुङमार्गको भौतिक प्रगति ३५ दशमलव २५ प्रतिशत र वित्तीय प्रगति ३२ दशमलव २ प्रतिशत रहेको छ ।

आयोजनाका अनुसार झन्डै एक किलोमिटर मुख्य सुरुङ खनेर सकिएको छ । अब ९० मिटर खनेपछि मुख्य सुरुङ छिचोलिनेछ ।

चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । २०८३ सालको चैतमा सुरुङमार्गको काम सकिने आयोजनाले जनाएको छ ।

pic1 L0VLuR3tfy pic2 TqFtLzxFGJ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका