जोडिनुहोस
  • होमपेज
  • अमेरिकी कम्पनी ‘एप्पल’ को बजार मूल्य ४० खर्ब डलर पुग्यो, चिप्स कम्पनी ‘एनभिडिया’ पछि पर्‍यो

अमेरिकी कम्पनी ‘एप्पल’ को बजार मूल्य ४० खर्ब डलर पुग्यो, चिप्स कम्पनी ‘एनभिडिया’ पछि पर्‍यो

काठमाडौं। अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ४० खर्ब डलर पुगेको छ । एप्पलका लागि यो अहिलेसम्मकै उच्च बजार मूल्य हो । लामो समय सुस्ताएको एप्पलको बजार ’भ्यालु’ अर्थात् बजार मूल्य अहिले बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।

विशेष गरेर आईफोनमा कृत्रिम बौद्धिकता अर्थात् ’आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) राखेपछि र एप्पलकै छुट्टै एआई कम्पनीले पनि राम्रो प्रगति गरेपछि बजार मूल्य आकाशिएको हो ।

अहिले एप्पलको बजार मूल्य चिप निर्माता कम्पनी एनभिडियाको भन्दा पनि माथि पुगेको छ । सूचना प्रविधि कम्पनीहरूमध्ये सबैभन्दा तीव्र गतिमा बजार मूल्य बढेको कम्पनी एनभिडिया हो । दुई वर्षमा यसको शेयर मूल्य आठ सय प्रतिशतले बढेको छ । तर एप्पलको भने जम्मा दोब्बरले बढेको छ । तर पनि एनभिडियाको भन्दा एप्पलको बजार मूल्य धेरै रहेको छ ।

गएको नोभेम्बरयता एप्पलको बजार मूल्य १६ प्रतिशतले बढ्दा बजार मूल्य साढे चार खर्ब डलरले उकालो लागेको छ । पछिल्ला वर्षहरूमा कम्पनीले आफ्नो एआई रणनीति बलियो बनाउँदै लगेको र बजारमा धेरैलाई आकर्षित गरेकाले सुखद परिणाम आएको एप्पलले जनाएको छ ।

एप्पलसँगै माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र मेटा प्लेटफर्महरूले उदीयमान प्रविधिमा प्रभुत्व जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका