जोडिनुहोस
  • होमपेज
  • अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ

अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ

अर्घाखाँची। अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

ललाइफकाइ विवाह गराएको अभियोगमा भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

सकुन्तलाले काम लगाइ दिने भन्दै १२ वर्षीया बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिन्दुर लगाएर घरमा भित्राएको भन्दै बालिकाको कान्छो बुबाले उजुरी दिएका हुन्।

बालविवाहसम्बन्धी जाहेरी परेपछी मुमारामलाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका