जोडिनुहोस
  • होमपेज
  • स्वर्णलक्ष्मी सहकारीमा कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

स्वर्णलक्ष्मी सहकारीमा कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्।

उनी स्वर्णलक्ष्मीको सहसचिव रहेकी थिइन्। तर उनलाई उन्मुक्ति दिएको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो।

भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रहरीले कांग्रेस सांसद राईको नाम प्रतिवेदनमा राखेको भए पनि बतन नखुलेको हुँदा प्रतिवादी नबनाइएको हो।

‘प्रहरीले प्रतिवेदनमा नाम राखेको तर बतन नखुलेको/ ठेगाना नखुलेको हुँदा अहिले नै मुद्दा चलाउने भनेर ल्याएको छैन। प्रहरीले नै बतन खुलेको बेलामा थप अनुसन्धान गर्छु भनेको छ,’ उनले भने, ‘अहिले उहाँ कांग्रेसको सांसद हो भनेर कुरा आइरहेको छ।’

राई सांसद भएको चर्चापछि अनुसन्धान प्रारम्भ गर्न प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए। ‘उहाँ नै हो कि होइन पहिचान गर्नू। हो भने अनुसन्धान प्रारम्भ गर्नु भनेर बोलाएर भनिसकेको छु,’ उनले भने, ‘म्याद तामेली गर्नका लागि हामीलाई वतन चाहिन्छ। बतन र तीन पुस्ते चाहिन्छ।’

राई उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका