जोडिनुहोस
  • होमपेज
  • राज्य व्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने

राज्य व्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् ।

सोमवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरु दर्ता गरिएको जानकारी दिए । उनले बाँकी ३४ वटा उजुरीहरु अध्ययनका क्रममा रहेको जानकारी दिए ।

उजुरीहरुको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ ।

उनले कतिपय उजुरीहरु समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाई गर्ने बताए । ‘अहिलेसम्म ५८ वटा उजुरीहरु सचिवालयमा दर्ता भएका छन् । कतिपय बेनामेहरु, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरु समितिमा पुगेका छन् । उजुहरीहरुको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौं,’उनले भने‘कतिपय उजुरीहरु हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन् । हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरुको सुनुवाई गर्ने भनेर उल्लेख गरिएको रहेछ । अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौं ।’

बैठकमा अधिकांश सांसदहरुले समितिमा प्राप्त उजुरीहरुको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखे । उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरुमा सुनुवाई गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका