जोडिनुहोस
  • होमपेज
  • कहाँ–कहाँ छ वर्षाको सम्भावना?

कहाँ–कहाँ छ वर्षाको सम्भावना?

काठमाडौं। देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज वर्षा र हिमपातको सम्भावना रहेको हो ।

’गण्डकीदेखि कोशी प्रदेशसम्म आज वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ,’ मौसमविद् सञ्जिव अधिकारीले भने ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । ’काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् अधिकारी भन्छन्, ’छिटपुटदेखि हल्का वर्षा हुन्छ । काठमाडौंका पनि केही ठाउँमा मात्रै हो, सबै ठाउँमा वर्षा हुने होइन ।’

आज साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने उनले जानकारी दिए । यसैबीच, हिजो (सोमबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भन्ने पूर्वानुमान गरिए पनि धेरै वर्षा नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

’वर्षा नै नभएको त होइन तर हामीले जति वर्षा हुन्छ भनेका थियौँ, त्यति वर्षा भएन,’ मौसमविद् अधिकारी अगाडि थप्छन्, ’हामीले पूर्वानुमान गरेभन्दा पश्चिमी न्यूनचापीय प्रणाली केही कमजोर भयो ।’

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका