जोडिनुहोस
  • होमपेज
  • पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

काठमाडौं। राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेरै शनिबार अर्थात् पुस २७ गतेको चियापान कार्यक्रमका लागि निम्ता दिएका हुन्।

भेटपछि अध्यक्ष लिङ्देनले ट्वीटरमा (एक्स)मा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो।’

अध्यक्ष लिङ्देनले भेटका क्रममा विविध पक्षमा कुराकानी भएको जानकारी गराएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका