जोडिनुहोस
  • होमपेज
  • कोशी, बागमती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू–भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका