जोडिनुहोस
  • होमपेज
  • पाँच महिनामा मापसेका कारण ६२१ सवारी दुर्घटना, ४७ जनाको मृत्यु

पाँच महिनामा मापसेका कारण ६२१ सवारी दुर्घटना, ४७ जनाको मृत्यु

काठमाडौं। देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा ती दुर्घटना भएका हुन् ।

२०८१ साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा रेकर्ड गरिएको ती दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ । ती घटनामा ८०७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मापसे गरी सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामा भएका छन् । उक्त अवधिमा काठमाडौं उपत्यकामा भएका ३७७ वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ३९९ जना घाइते भएका छन् ।

सबैभन्दा कम दुर्घटना कर्णाली प्रदेशमा भएका छन् । उक्त समयमा कर्णाली प्रदेशमा भएका १२ दुर्घटनामा १४ जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका