जोडिनुहोस
  • होमपेज
  • एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्। प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए। प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो।

२० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरी परिसर भक्तपुरले मल्ललाई पक्राउ गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको थियो। उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका