जोडिनुहोस
  • होमपेज
  • ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा, अर्को पेसी माघ ३० मा

५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा, अर्को पेसी माघ ३० मा

काठमाडौं। असंवैधानिक अध्यादेशमार्फत संवैधानिक परिषद्ले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्धको रिट ’हेर्न नमिल्ने’मा परेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको दोस्रो नम्बरमा परेको रिट ’हेर्न नमिल्ने’ सूचीमा परेको हो । अर्को पेसी आगामी माघ ३० गतेलाई तोकिएको छ ।

संविधानसँग बाझिने अध्यादेश ल्याएर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ५२ जना संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । ०७७ पुस १ मा अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा न्यायालय भर्सेस रिटकर्ताको अवस्था बनेका कारण सुनुवाइ प्रभावित भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पनि नियुक्तिमा भाग लिएको आरोप लागेपछि उनले इजलासबाट अलग हुने घोषणा गरेका थिए । उनको घोषणाविरुद्ध ’प्रधानन्यायाधीशलाई अलग राखेर संवैधानिक इजलास बस्न नसक्ने’ दाबीसहित दायर रिटमा न्यायाधीश हरि फुयालको इजलासले संवैधानिक इजलासमा जारी सुनुवाइ रोक्ने आदेश गरेको थियो ।

त्यही आदेशका कारण सुनुवाइ प्रभावित भएपछि संवैधानिक इजलासले नियमित सुनुवाइ गर्न सकेको थिएन । फुयालको इजलासको आदेशका विषयमा न्यायिक टिप्पणी भइसकेको छ । यसअघिको पेसीमा पनि न्यायाधीश फुयाल संवैधानिक इजलासमा थिए । त्यतिबेला पालो नआएपछि फुयालले कुनै निर्णय गरेका थिएनन् । बुधबार भने दोस्रो नम्बरमा रहेको रिटको पालो आएपछि फुयालले अलग बस्ने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका