जोडिनुहोस
  • होमपेज
  • बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

काठमाडौं। बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनीमाथि हमला भएको हो ।

खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्याइएको थियो । अस्पतालमा हाल उनको शल्यक्रिया भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाले खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको जनाएका छन् । त्यसमध्ये दुई घाउ गहिरो चोट भएको पनि उल्लेख छ ।

घटनापछि अभिनेता खानको टोलीले आधिकारिक बयानमा घरमा चोरी गर्ने कोसिस भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका