जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीमा रविविरुद्ध मुद्दाको थुनछेक बहसमा जाहेरवालातर्फका वकिलको बहस सकियो

रुपन्देहीमा रविविरुद्ध मुद्दाको थुनछेक बहसमा जाहेरवालातर्फका वकिलको बहस सकियो

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा आज जाहेरवाला तर्फका वकिलहरूको बहस सकिएको छ ।

हिजो बिहानदेखि चलेको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आज ११ बजेबाट सुरू भएको थियो । आज जाहेरवालाका २ जना वकिलले थुनछेक बहस गरेका छन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस केहीबेरमा सुरू हुने जिल्ला अदालत रूपन्देहीले जनाएको छ । रविका तर्फबाट बहस गर्न १० जना अधिवक्ताले नाम टिपाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका