जोडिनुहोस
  • होमपेज
  • ‘लाज शरणम’को टिजर सार्वजनिकः धुर्मुससहित ‘सक्किगो नि’का कलाकार शीर्ष भूमिकामा

‘लाज शरणम’को टिजर सार्वजनिकः धुर्मुससहित ‘सक्किगो नि’का कलाकार शीर्ष भूमिकामा

काठमाडौं। टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’को रोचक टिजर सार्वजनिक भएको छ ।

टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । यो फिल्म शिवरात्री अवसरमा १४ फागुनमा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन् । फिल्मका सबै कलाकारको झलक यसमा देख्न पाइन्छ । उपल्लो डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित टिजर सुरु हुन्छ ।

त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढ्छ । कफिनसँगै कथामा कौतुहलता र रोचक घुम्ती चित्रण गरिएको छ । वैदेशिक रोजगार र युवाको श्रमशक्तिको केन्द्रमा फिल्म निर्माण भएको बुझिन्छ । टिजरले फिल्मप्रतिको दर्शकीय अपेक्षालाई बढाउन सक्नसक्छ ।

सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)जस्ता ‘सक्किगो नि’ सिरियलका कलाकार पनि देखिनेछन् ।

यसबाहेक, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ ।

फिल्ममा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा छन् । सुदीप बरालले छायांकन गरेका हुन् । यो फिल्मलाई यसवर्षकै प्रतीक्षित फिल्म मानिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका