जोडिनुहोस
  • होमपेज
  • एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिकाः शिक्षामन्त्री

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिकाः शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

आज उनले भिडियो सन्देश जारी गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपीभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

सन्देशमा मन्त्री भट्टराईले विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने भएकाले लक्षित किशोरी सबैले आ–आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोधसमेत गरेकी छन् ।

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई खोप अभियान सञ्चालन गर्दै छ ।

आगामी वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा समावेश गदै कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइने सरकारको तयारी छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका