जोडिनुहोस
  • होमपेज
  • लगानी गर्ने वातावरण बनाउन अध्यादेश ल्याएका हौँः सभापति देउवा

लगानी गर्ने वातावरण बनाउन अध्यादेश ल्याएका हौँः सभापति देउवा

काठमाडौं। प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् ।

संसद्को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन अध्यादेश ल्याएको छ । देउवाले त्यसरी ल्याइएका अध्यादेशको संसद्‌ बैठकमा प्रतिरक्षा गरेका हुन्‌ ।

बिहीबारबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा आफू विश्वास रहेको बताए ।

‘हालै सरकारले व्यावसायिक वातावरण प्रबन्ध गर्न देशभित्र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ,’ सभापति देउवाले भने, ‘यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने कुरामा मैले विश्वास लिएको छु ।’

पूर्वप्रधानमन्त्री देउवाले सुशासनको सुनिश्चितता, सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले अध्यादेशमार्फत कानून बनाएको जिकिर गरे ।

‘यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासोकी समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्ने, यी कानूनहरूले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु,’ उनले भने ।

सभापति देउवाले संसद्मा विचाराधीन विधेयकहरू चालु अधिवेशनबाट पारित गर्न समेत आग्रह गरे । ‘लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । आवश्यक कानून सांसदले नै बनाउने हो । संदद्मा विचाराधीन विधेयक यसै अधिवेशनबाट पारित होस्,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका