जोडिनुहोस
  • होमपेज
  • नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छः मन्त्री पाण्डे

नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनु पर्ने बताएका छन् ।

उनले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भई नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरू’ प्रदर्शन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘कर्णाली नदीको संरक्षण गर्ने,नदीहरूको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ ।’

नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माणका कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरूको सम्बन्ध पनि भूगर्वसम्म रहने गर्छ । उनले विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनु पर्नेमा जोड दिए ।

उनले विकसित राष्ट्रहरूबाट असन्तुलित रूपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण वेशक्याम्प लगायतका हिमालहरुमासमेत हिउँ नभएको प्रति चिन्ता व्यक्त गरे ।

मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए । उनले नेपाल जस्ता अल्पविकसित मुलुकहरूले विविध संस्कृति र प्रकृतिको संरक्षणका निम्ति दबाबको आवश्यकता औँल्याए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका