जोडिनुहोस
  • होमपेज
  • दाङ जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा पारियो

दाङ जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन् । उनले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न तय भएको छ ।

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिएका छन् । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरकाअनुसार बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरिएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको उनले बताए ।

यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए । प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । दाङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका