जोडिनुहोस
  • होमपेज
  • सुदन गुरुङमाथि आक्रमण प्रयास

सुदन गुरुङमाथि आक्रमण प्रयास

जेन–जी आन्दोलनको प्राप्तिमा सहजीकरण गरेका हामी नेपालीका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर्दा एक अपरिचित समूहले गाडी र बाइकबाट पिछा गर्दै आक्रमण प्रयास गरेको हो ।

रानीबारीदेखि बानेश्वरसम्म पिछा गरी पल्सर बाइकमा समूहले आक्रमणको प्रयास गरेको गुरुङले बताएका छन्। उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका