
काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार एक शव डढेको अवस्थामा भेटिएको छ । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । यो शव गरेर जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।



































