जोडिनुहोस
  • होमपेज
  • सप्तकोसीमा पानीको बहाव दुई लाख ५१ हजार क्युसेक माथि

सप्तकोसीमा पानीको बहाव दुई लाख ५१ हजार क्युसेक माथि

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ । पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको हो ।

गएराति १० बजे गरिएको मापनअनुसार ब्यारेज भएर दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानी बगिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको छ। त्यसैगरि खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका