जोडिनुहोस
  • होमपेज
  • ९० डिएसपीको सरुवा भयो : काठमाडौंका ६ वटा प्रहरी वृत्तमा प्रमुखहरु फेरिए

९० डिएसपीको सरुवा भयो : काठमाडौंका ६ वटा प्रहरी वृत्तमा प्रमुखहरु फेरिए

काठमाडौं । नेपाल प्रहरीका ९० प्रहरी नायव उपरीक्षकहरुको सरूवा गरिएको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ९० डिएसपीको सरुवा गरिएको हो । सो क्रममा काठमाडौंका ६ वटा वृत्तमा प्रमुख फेरिएका छन् ।

प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा खटाइएको छ । उनको स्थानमा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा पोखराका डिएसपी जनार्दन घिमिरेलाई खटाइएको छ ।

प्रहरी वृत्त दरबारमार्गका इन्चार्ज डिएसपी राजकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखा सरूवा गरिँदा उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखाका डिएसपी नारायण डाँगीलाई ल्याइएको छ ।

प्रहरी वृत्त गौशालाका इन्चार्ज डिएसपी सुकदेव खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान तथा कारबाही शाखा लाजिम्पाटमा सरूवा गरिएको छ । उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको सुरक्षा कार्यालयका डिएसपी प्रकाश रिमाललाई खटाइएको छ ।

प्रहरी वृत्त स्वयम्भूका इन्चार्जमा सर्वोच्च÷विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाह पथमा कार्यरत डिएसपी मोहनमणि अधिकारीलाई सरूवा गरिएको छ । प्रहरी वृत्त स्वयम्भूका डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुशी सरूवा गरिएको छ ।

प्रहरी वृत्त बौद्धका इन्चार्ज जयश्वर रिमाललाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा गरिँदा उनको स्थानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका डिएसपी सन्तोष रोकालाई सरूवा गरिएको छ ।

प्रहरी वृत्त मालीगाउँका डिएसपी सुनिलजंग शाहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ। उनको स्थानमा अख्तियारमै कार्यरत डिएसपी धनबहादु बोहरालाई सरूवा गरिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका