जोडिनुहोस
  • होमपेज
  • ओलीले प्रधानमन्त्री मातहत लगेका ३ वटा विभागहरु मन्त्रालयमै फर्काइँदै

ओलीले प्रधानमन्त्री मातहत लगेका ३ वटा विभागहरु मन्त्रालयमै फर्काइँदै

काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालय मातहत नै ल्याउने भएको छ ।

आइतवार बस्ने मन्त्री परिषद्को बैठकले एउटा प्रमुख सुरक्षा अंगका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुन: गृह मन्त्रालयमातहत नै ल्याउने निर्णय गर्ने तयारी रहेको अर्थ मन्त्रालयको स्रोतले जनाएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागलाई पुन: अर्थ मन्त्रालय मातहत नै ल्याउने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव गएको  स्रोतले जानकारी दिएको छ ।

विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका