
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले बताएको छ । राई आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ । खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङ गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।






































